साताको पहिलो दिन नेप्से ७९.७४ अंकले घट्यो, कारोबारमा शिखर इन्स्योरेन्स अगाडी

-



     सफल आवाज    
     फागुन १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ फागुन । साताको पहिलो दिन आईतबार आज शेयर बजार घटेको छ । पछिल्लो समयमा शेयर बजार घट्दो क्रममा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७९.७४ अंकले घटेको छ । यसअघि पुस ५ मा नेप्से ९६.८८ अंकले घटेको थियो ।

आज जम्मा २०७ कम्पनीको शेयर खरिदबिक्री भएको छ । १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ समूहको कारोबार भएकोमा होटल र पर्यटन समूहले हरियो पाएको छ । बाँकी सबैमा रातो लागेको छ अर्थात उनीहरु सबैको शेयर घटेको छ ।

आज सबैभन्दा बढी शिखर इन्स्योरेन्सको १ अर्ब २ करोड १६ लाख ३२ हजार ८२४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।