
काठमाडौं, १६ फागुन । अर्थ मन्त्रालयभित्र सहसचिवहरूको जिम्मेवारीमा हेरफेर गरिएको छ । मन्त्रालयले आफू मातहतका निकायमा रहेका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रालयभन्दा बाहिरबाट पनि एक जनालाई मन्त्रालयमा तानिएको छ । भंसार विभागका महानिर्देशक सुमन दाहाललाई अहिले अर्थ मन्त्रालयमा तानिएको छ । उनलाई मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा र प्रवक्ताको जिम्मेवारी तोकिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
झक्कप्रसाद आचार्यलाई आन्तरिक राजश्व विभागमा पठाएपछि रिक्त रहेको सार्वजनिक संस्थान तथा वित्तीय क्षेत्र समन्वय महाशाखामा दीर्घराज मैनालीलाई लगिएको छ । उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए । राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गतको विभाग हो ।
नीति विश्लेषण महाशाखामा रहेका सुमन दाहाल मन्त्रालयमा तानिएपछि भन्सार विभागको रिक्त महानिर्देशकमा यामलाल भुसाललाई पठाइएको छ । नीति विश्लेषण महाशाखाको जिम्मेवारी भने अहिले डा रामप्रसाद घिमिरेलाई दिइएको छ ।
हाल मन्त्रालयमा रहेका तीन सहसचिवलाई बाहिर पठाइएको छ । आन्तरिक राजस्व विभागमा शम्भू मरासिनी र आनन्द काफ्ले उपमहानिर्देशक भएर गएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा लक्ष्मी निरौलालाई पठाइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



