
पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् ।
पोखरा अमरसिंहचौरमा तय भएको आमसभा सर्वोच्च अदालतको फैसलासँगै उत्पन्न परिणामका कारण स्थगन गरी उनलाई गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सरिक गराउन लागिएको हो ।
सोक्रममा प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्नुका साथै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।
बिहान ११ बजे विमानबाट पोखरा विमानस्थल अवतरणपछि उनी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यासपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यतालिका छ । त्यसपछि पोखरा रंगशाला अवलोकन गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीको पोखरा रंगशाला अवलोकनपछि आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक खेलकुदका पूर्वाधार निर्माणमा बल पुग्ने पोखरेलीको अपेक्षा छ ।
प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रंगशालाको विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ ।
राखेप सदस्यसचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रंगशाला, भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, टेनिस कोर्ट, बहुउद्देश्शीय कभर्ड हल लगायतका खेल पूर्वाधार अवलोकन गर्ने कार्यक्रम रहेको बताए ।
ठिक एक वर्ष अघि फागुन १२ मा नेकपाको प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्न उनी पोखरा आएका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



