
तनहुँ, १७ फागुन । तनहुँकाे डुम्रेमा केन्द्रीय कार्यालय रहेकाे सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चाैंथाे वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६ /२०७७ को बार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्न र शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न उक्त सभा बोलाएको हो ।
यस अघि कम्पनीको सञ्चालक समितिको वैठकले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
२०७७ चैत १४ गते शनिबार मर्स्याङ्दी रिभर भ्यु रिसोर्ट, बन्दिपुर, तनहुँमा बिहान ११ बजे बस्ने सभाले अन्य लघुवित्त वित्तीय संस्थाहरुसंग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



