
काठमाडौं, १७ फागुन । स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ ।
अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूची अनुसार सुन तोलामा ४ सयले उकालो लागेको छ । प्रतितोला ८८ हजार ३ सयमा आइतबार कारोवार भएकोे छापावाला सुन आज भने ८८ हजार ७ सय रुपैयाँ मूल्य कायम भएको छ ।
त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ८७ हजार ८ सय ५० हजारमा कारोवार भएकामा आजका लागि ८८ हजार २ सय ५० कायम भएको महासङ्घले जनाएको छ।
तोलामा १ हजार ३ सय २५ मा आइतवार कारोवार भएको चाँदी आजका लागि भने ५ ले वृद्धि भई १ हजार ३ सय ३० निर्धारण भएको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



