राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

-



     सफल आवाज    
     फागुन १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७  । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

नेपाल सरकारकाे सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत आज जनाएका छन् ।