नेप्से ४०.६४ अंकले बढ्याे, कारोबारमा निफ्रा देखियो अब्बल

-



     सफल आवाज    
     फागुन १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ फागुन । साताको दोश्रो दिन आज शेयर बजार उकालोतिर लागेको छ । नेपाल स्टक एक्सचेन्जले आज नेप्से परिसूचक ४०.६४ अंकले बृद्धि भएको जनाएको छ । यसरी बढेको नेप्से परिसूचक २५१५.०३ विन्दुमा गएर रोकिएको छ । नेप्से आज १.६४ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स ६.४७ अंकले बृद्धि भएर ४५३.७५ अंकमा पुगेको छ ।

आज २०९ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार यस अगाडीका दिनमा भन्दा धेरै कम कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज जम्मा १३ उपसमूहहरुको कारोबार भएकोमा सबै १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ अर्थात सबैको शेयर बढेको छ ।

आज सर्वाधिक कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । कारोबार रकमको आधारमा आज निफ्राको कारोबार अग्रता ४४ करोड ४८ लाख ५२ हजार रुपैयाँ बराबरको रहेको छ ।