महोत्तरी, १८ फागुन। महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो । बर्दिवासमा विसं २०७४ देखि बर्दिवास उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दै आएको छ ।
यद्यपि गत वर्ष २०७६ मा भने कोभिड–१९ महामारीका कारण महोत्सव हुनसकेको थिएन । हिउँदमा आयोजना हुँदै आएको बर्दिवास महोत्सव यसपालि यही फागुन २५ गतेदेखि चैत ८ गतेसम्म १३ दिन आयोजना गर्न लागिएको बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाले जानकारी दिए ।
“हामीले बर्सेनि महोत्सवको परम्परा बसालेका छौँ, गत वर्ष कोरोना प्रकोपले निरन्तरता दिन सकिएन”, महासचिव खतिवडाले भने, “यसपालि आयोजना गर्न लागिएको महोत्सवले कोरोनाका कारण थलिएको व्यापार प्रवद्र्धन हुने आस पालेका छौँ ।” महोत्सवमा स्थानीय उद्यमलाई प्रोत्साहन दिने, कृषि उपज प्रदर्शनी तथा बिक्रीकक्ष सञ्चालन गरिने र स्थानीय सांस्कृतिक परम्पराको जगेर्ना गर्ने उद्देश्य रहेको सङ्घले जनाएको छ ।
महोत्सवमा रु ३५ लाख खर्च गरिने र एक लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने लक्ष्य रहेको महासचिव खतिवडाको भनाइ छ । यसैबीच बर्दिवाससँगै जोडिएको जिल्लाकै अर्को नगरपालिका गौशालाले पनि यस वर्षदेखि महोत्सवको थालनी गर्ने भएको छ । बर्दिवासको जस्तै व्यापार प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्यसाथ यही आउने चैत ६ गतेदेखि १७ गतेसम्म ११ दिन सञ्चालन हुने प्रथम गौशाला महोत्सव गौशाला उद्योग वाणिज्य सङ्घले आयोजन गर्न लागेको हो ।






काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



