
काठमाडौं, १८ फागुन । कोरोना भाइरसको त्राससँगै सुस्ताएको कर्जा लगानी अहिले सुधार भएको छ । कर्जा लगानीम बैंकहरु निकै आक्रामक देखिएका छन् । कर्जा लगानीमा बैंकहरु आक्रामक भए पनि निक्षेप आउने क्रम भने तुलनात्मक हिसाबले कम देखिएको छ ।
फागुन महिनाको पहिलो सातामात्रै १८ अर्ब कर्जा प्रवाह भएको छ । नेपाल बैकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माक अनुसार फागुन १४ गतेसम्म कुल कर्जा लगानी बढेर ३३ खर्ब ६२ अर्ब पुगेको छ भने निक्षेप ३८ खर्ब ९ अर्ब रहेको छ ।
यो अवधिमा निक्षेप संकलनको ट्रेन हेर्ने हो भने फागुन महिनामा २३ अर्ब निक्षेप संकलन भएको छ । फागुन ७ गतेदेखि १४ गतेसम्मको यो अवधिमा बैंकहरूले १० अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका हुन् । कर्जा प्रवाहको रेसियो निक्षेप संकलन अत्यन्त न्यून देखिएको छ । बैंकहरूले निक्षेपको ब्याजदर कम दिएसँगै निक्षेपमा लगानीकर्ताहरूको आकर्षण देख्न सकिएको छैन । पछिल्लो समय विकास निर्माणको कामले गतिलिने क्रम बढ्दो छ । सोही कारण सरकारी खर्च भयो भने बैंकमा पैसा आउने बैसरहरूको भनाइ छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



