
काठमाडौं, १८ फागुन। साना किसान लघुवित्त वित्तीय संस्थाको शेयर लिलामीमा बिक्री हुने भएको छ । लघुवित्तले हकप्रद शेयर जारी गर्ने क्रममा बिक्री नभएका करिब साढे १२ हजार कित्ता शेयर बढाबढ बोलकबोलमा लिलामी हुन लागेको हो ।
सो शेयरमध्ये ३ हजार ३ सय ६८ कित्ता संस्थापक शेयर र ९ हजार ७४ कित्ता साधारण शेयर रहेको छ । यो शेयरको न्यूनतम कबोल मूल्य १ सय रुपैयाँ रहेको छ ।
यो शेयरका लागि चैत १३ गतेसम्म नबिल इन्भेष्टमेन्टको कार्यालय वा साना किसान लघुवित्तका तोकिएका कार्यालयबाट फाराम प्राप्त गरी आवेदन दिन सकिन्छ । अहिले यो कम्पनीको साधारण शेयर दोस्रो बजारमा १ हजार ६ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



