
काठमाडौं, १९ फागुन । शेयर बजारमा मंगलबार ५९ अंक भन्दा धेरैको पहिरो गयो । साताको पहिलो दिन नै ठूलो पहिरो गएको शेयर बजार सोमबार भने सकारात्मक देखिएको थियो । अघिल्लो साता पनि घटेको शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ठूलो पहिरो गए पछि लगानीकर्ताहरु आत्तिएका छन् ।
मंगलबार कारोबार रकम पनि ६ अर्ब ११ करोड रुपैयाँमा सिमित भयो । यसले पनि लगानीकर्तामा एककिसिमको त्रास सिर्जना भएको प्रष्ट हुन्छ । नेपाल इन्भेष्टर्स फोरमका पूर्ब अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अम्बिका प्रसाद पौडेलले अहिलेको बजारलाई हेरेर नआत्तिन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम अभाव हुने र ब्याजदर बढ्ने हल्ला चल्न थालेको छ । तर अहिले नै बजारमा तरलता अभाव नहुने पौडेलको दावी छ । महासंघको पुँजी बजार फोरमका सभापति समेत रहेका उनले ढुक्क हुन लगानीकर्ताहरुलाई आह्वान गरेका छन् ।
‘नेपाल राष्ट्र बैंकले पुनरकर्जा वापतको दिने भनेको करिब २ खर्ब १२ अर्ब रुपैयाँ मध्ये १ खर्ब मात्रै प्रवाह गरेको, बाँकी १ खर्ब १२ अर्ब प्रवाह नहुञ्जेल तरलता असहज हुन्छ भन्नु साउनमा हरियाली हराउँछ भन्नु सरह नै हो’ उनले भनेका छन् । बजार अझै माथि नै जाने भन्दै उनले अनावश्यक आशंका पाल्न नहुने बताएका छन् ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको… 



