राधी विद्युत कम्पनीको साधारण सभा आज, कस्ता छन् एजेण्डा ?

-



     सफल आवाज    
     फागुन १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ फागुन । लाभांसको प्रस्ताव नगरिएको राधी विद्युत कम्पनीको वार्षिक साधारण सभा आज डाकिएको छ ।

साधारण सभा कम्पनीको काठमाडौं त्रिपुरेश्वरस्थित कार्यालयमा पूर्वान्ह ११ बजे डाकिएको छ । लाभांशकाे प्रस्ताव नभएपछि शेयरधनीहरुको हात खालि हुने भएको छ ।

साधारण सभामा संञ्चालक समितिका अध्यक्षको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५, २०७६ को लेखापरिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७६/२०७७ को लागि लेखा परिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गरिने भएको छ ।

कम्पनीले साधारण सभाको प्रयोजनार्थ फागुन ५ देखि १९ गतेआजसम्म बुक क्लोज गरेको छ । साधारण सभामा फागुन ४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयर धनीले मात्रै सहभागिता जनाउन सक्नेछन् ।