बुधबार बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

-



     सफल आवाज    
     फागुन १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ फागुन । साताको चौथो दिन बुधबार आज सुनको मूल्य रु ५०० ले उकालो लागेको छ । मंगलबार एकैदिन रुपैयाँ १७०० ले घटेको छापावाला सुनको मूल्य आज प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८७ हजार ५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि वृद्धि भएको । आज चाँदीमा प्रतितोला रु २५ ले बृद्धि भएर १ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।