
काठमाडौं, १९, फागुन । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओ निष्काशन मिति परिवर्तन भई दुई दिन अघि फागुन २१ गते सरेकाे छ । यसअघि फागुन २३ गतेदेखि सर्वसाधारणका लागि फागुन २३ गते शेयर निष्काशन तथा बिक्री खुलाउने भनिएको थियो ।
कम्पनीका अनुसार १०० रुयैयाँ अंकित दरका ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन तथा बिक्री गर्न लागिएको छ । उक्त शेयरबाट ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । ३ लाख ३० हजार कित्ता कर्मचारीहरुको लागि र ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
शेयर लगानीकर्ताहरुले घटिमा १० देखि बढीमा ६६ हजार कित्तासम्म आवेदन पेश गर्न सक्ने भएका छन् । यसका लागि एनएमबी क्यापिटल नक्साल, ज्याेती लाइफ इन्स्योरेन्सको कार्यालय, सेबोनबाट स्वीकृति लिएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
स्मरण रहोस्, शेयर खरिदकर्ताले छिटोमा २०७७ फागुन २६ गतेसम्म र ढीलोमा २०७७ चैत्र ६ गतेसम्म आवेदन पेश गर्न सक्ने भएका छन् ।







काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको… 



