
काठमाडौं, २० फागुन । केहि दिन अघिसम्म नेपाल टेलिकम ( नेपाल दुरसञ्चार कम्पनी) को सेयर किन्न लगानीकर्ताको आकर्षण नै थियो । समग्रमा बजार बढ्दा टेलिकमको सेयर मूल्य पनि राम्रै बढिरहेको थियो । तर बुधबार नेपाल टेलिकमको सेयर मूल्यमा राम्रै गिरावट आयो ।
नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी अनुसार यस कम्पनीको सेयर मूल्य बुधबार ५ दशमलव ७४ प्रतिशत अर्थात एकैदिन ७३ रुपैयाँले घटेर १ हजार १ सय ९९ सय रुपैयाँमा झरेको छ । बुधबार धेरै गुमाउने कम्पनीहरु मध्ये टेलिकम तेस्रो नम्बरमा देखिएको छ ।
एकैदिन किन घट्यो त टेलिकमको यति धेरै सेयर मूल्य ? बुधबार सेयर मूल्य घट्नुको प्रमुख कारण भने कम्पनीको लाभांश घोषणा नै हो । कम्पनीले गत आर्थिक वर्ष २०७६–७७ को मुनाफावाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन १९ गते, बुधबार बिहान बसेको बैठकले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले नेप्सेलाई दिएको जानकारी अनुसार कम्पनीले शेयरधनीलाई प्रतिशेयर ४० रुपैयाँको दरले लाभांश वितरण गर्नेछ । उक्त लाभांश सरकारको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । बुधबार टेलिकमको सेयर मूल्य घट्न यसैले भूमिका खेलेको जानकारहरु बताउँछन् ।
धेरै लगानीकर्ताहरुको अपेक्षा भनेको बोनश शेयर थियो । तर कम्पनीले बोनश शेयर नदिने निर्णय गरेको छ । प्रति कित्ता ४५ रुपैयाँका दरले नगद लाभांश मात्रै दिने भएपछि लगानीकर्ताहरु निराश बनेका छन् । जसको प्रभाव यसको शेयर मूल्यमा समेत परेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



