
काठमाडौं, २० फागुन । शेयर बजारमा लगानीकर्ताको आकर्षणसंगै डिम्याट खाता खोल्नेको संख्या पनि बढीरहेको छ । बुधबारसम्मको आँकडालाई हेर्ने हो भने यो संख्या ३० लाख कटेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको संख्या ३० लाख ४१ हजार ६९८ पुगेको जनाएको छ ।
माघ महिनाको ६ गते सम्म डिम्याट संख्या २६ लाख १० हजार ८६२ पुगेको थियो । फागुन महिनाको ६ गते उक्त संख्या २८ लाख २७९ पुगकोमा बुधबार फागुन १९ गतेसम्म आउँदा डिम्याट खाता खोल्नेको संख्या ३० लाख ४१ हजार ६९८ पुगेको हो ।
डिम्याट खाताको संख्यामा यसरी बढोत्तरी हुनुको पछाडी नेपालको पुर्वाधार विकासलाई टेवा पुर्याउन स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको माघ २ गते ८ अर्बकाे आइपीओ जारी भएसंगै शेयर बजारमा चहलहपल बढेकाे थियाे । उसाे त बैंकले ८ अर्बकाे आइपीओ ल्याउने खबर बाहिर आएपिछ पनि शेयर लगानीकर्ताहरूबीच उत्साह बढेकाे थियाे ।
पूर्वाधार विकासलाई गति दिन तथा पुर्वाधारका क्षेत्रहरुमा भएको वित्तीय रिक्ततालाई कम गर्नको लागि नेपाल सरकार, वाणिज्य बैंकहरु, जीवन तथा निर्जीवन बीमा कम्पनीहरु, सार्वजनिक तथा व्यावसायीक प्रतिष्ठानहरुको संयुक्त लगानीमा निफ्रा स्थापना भएको थियाे ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको… 



