नयाँ चरणको कोरोना विरुद्धको खोप आइतबारदेखि, सर्वसाधारणले पनि लगाउन पाउने

-



     सफल आवाज    
     फागुन २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० फागुन। काठमाडौंमा बसोबास गर्ने सर्वसाधारण नागरिकलाई आइतबारदेखि खोप दिइने भएको छ । काठमाडौं महानगरपालिका अन्तर्गत ३२ वटै वडामा आइतबारदेखि यस्तो खोप कार्यक्रम सञ्चालन हुने काठमाडौ‌ं महानगरपालिकाले जनाएको छ ।

दोस्रो चरणको यो खोप कार्यक्रम अन्तर्गत आइतबारदेखि ५५ वर्ष भन्दा माथिका नागरिक, विभिन्न क्याम्पसका प्राध्यापक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप लगाउने उल्लेख गरिएको छ ।

खोपका लागि १५ वटा केन्द्र तोकेको छ । जसमा शुक्रराज ट्रपिकल अस्पताल टेकु, बीर अस्पताल, क्षेत्रपाटी चिकित्सालय, प्रसुती गृह, सिभिल हस्पिटल, मदरल्यान्ड हस्पिटल सिनामंगल, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल लगायत रहेका छन् ।