बिहिबार ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     फागुन २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० फागुन । साताको पाँचौ दिन बिहिबार आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । बुधबार प्रतितोला ५०० रुपैयाँले उकालो लागेको छापावाला सुनको मूल्य बिहिबार आज १००० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज रु १००० ले ओरालो लागेको छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ८७ हजार ५० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा पनि गिरावट आएको छ । बुधबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले गिरावट भई १ हजार २८५ रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।