आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

-



     सफल आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ फागुन । आज पनि सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएन । साताको छैटौं दिन शुक्रबार आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

बिहिबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा रुपैयाँ ९०० ले घटेर ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले गिरावट भएर १ हजार २५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।