नेपाल शान्तिको नयाँ युगमा प्रवेश: प्रधानमन्त्री ओली

-



     सफल आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित



काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहको विश्वासले आजको ऐतिहासिक दिन आएको बताएका छन् ।

सरकार–विप्लव समूहबीच शुक्रबार ऐतिहासिक सहमतिमा हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले विप्लवले शान्तिपूर्व राजनीतिमा आएर ऐतिहासिक काम गरेको भन्दै प्रशंसा गरे ।

नेपाली जनताले चाहेको राष्ट्रियताको रक्षा, अखण्डता, स्वाधिनता, लोकतन्त्रको रक्षा, सुदृढिकरण, सामाजिक न्याय, समानता, शान्तिपूर्ण बाँच्न पाउने कुरा नेपाली जनताको चाहनालाई पूरा गर्न, साझा आकांक्षा समृद्ध नेपाल, सुखी नेपाली बनाउन लोकतान्कि प्रणाली चाहिने उनले बताए । उनले नेपालमा अब हिंसात्मक द्वन्द्व नभएको पनि स्पष्ट पारे ।

उनले विप्लवप्रति इंगित गर्दै भने, उहाँलाई स्वागत, वधाई, शुभकामना छ । बहुतै राम्रो ढंगले उहाँसंग कुरा भयो । जनताको सपना पूरा गर्ने तवरको बाटोमा हाम्रो कुरा मिल्यो । रातारात होईन । वर्षदिन देखि वार्ता गरिरहेका थियौं । गम्भिर वार्ता ग¥यौ । म र उहाँले गम्भिर कुरा गरेका थियौं । र, अहिलेको ऐतिहासिक क्षण आयो ।’

उनले अगाडि भने, ‘तीनवटा बुँदा काफी हो । १८ पूराणमा व्यासले दुईटा कुरा भने । कुनै समस्या आए छलफलबाट टुंग्याउने कुरा भयो । शान्तिपूर्ण बाटोबाट आफ्ना विचार पोख्नुहुन्छ । शान्तिपूर्ण ढंगले गर्ने भएपछि प्रक्रिया पु¥याएर छोड्छौं । छुट्ने शिलशिला शुरु भइसक्यो । कार्यक्रममा पनि आई सक्नुभयो । नेपाललाई नयाँ युगमा प्रवेशमा गराएको छ । हामीले गएको वर्ष सिके राउतलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायौं । आज उहाँहरु आउनु भएको छ ।’

भाषा मिलाउन पनि समय लाग्छ । हामी एउट उद्देश्यमा छौं । समृद्ध नेपाल, सुखी नेपालीको पक्षमा छौं । जनताको सपना पूरा गर्ने एउटा ठाउँमा हामी उभिएका छौं । नेपाल आज नयाँ युगमा प्रवेश गरेको छ । मैले पनि ५० वर्ष अघि यस्तै आन्दोलन गरेको थिएँ । त्यो समयमा यस्तो सभा गर्न पाइन्नथ्यो र ४० वर्ष अघि हामीले शान्तिको बाटो लियौं । असल मनसायले अगाडी बढ्यौ भने सफलतामा जान सक्छौं ।

केही, मान्छेहरु देशलाई बर्बादै गर्न खोज्छन् । संसदीय दलको बैठक गर्न खोज्छन् । कुन दलको नेता हो मलाई थाहा छैन । म दलको नेता यहाँ छु । अचम्म के लागेको छ भने यतिसम्म्को नग्नता, आफ्नो प्रभानमन्त्रीलाई हटाउन खोज्ने, दुई तिहाईलाई टुक्राउने, बरु अरुलाई प्रधानमन्त्री खाईपिदनोस भनेर गएका छन् । नेतृत्व गर्न छोडेर अरुलाई नृतृत्व गर्नुस भन्न लागेका छन् ।

स्थिरता र लोकतन्त्रलाई स्थायित्वको लागि जाम भनेर गएको हो । संसद पुर्नस्थापनापछि तमास भईरहेको छ । केके भोग्दै जानु पर्ने हो । सरकार ढाल्ने उदुमको प्रयास भईरहेको छ । २०७३ सालमा पनि ढालेका थिए । अहिले त मान्छेहरु व्यांकेटमा गइर अध्यक्ष बन्न लागे । यो त विधि र प्रक्रियाबाट हुने होला नि । केहि मान्छेले कम्युनिष्ट आन्दोलनको बदनाम गरेका छन् । तर सरकार विकास निर्माण र राष्ट्रको पक्षमा अगाडि बढेको छ । सन् २०३० भित्र विकास लक्ष्य पूरा गर्ने हाम्रो उद्देश्य छ । ५ वर्षमा बारा, पर्सा, रौतहटमा १ लाख ८५ हजार बिगाहा जमिनमा सिंचाइ पु¥याउने योजना छ । भ्रष्टाचारको अभियान सशक्त रुपले अगाडि बढेको छ ।

आजबाट नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ । विप्लवजी नेकपालाई बधाई शुभकामना । सँगै जाऔं देश र जनताको लागि ।