हाइड्रो र होटल समूह बाहेक सबै राताम्मै, कारोबारमा निफ्रा सबैभन्दा अगाडी

-



     सफल आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ फागुन । आज शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्से परिसूचक आज २१.५८ अंकले घटेको छ । यसरी घटेको नेप्से २४८५.०९ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्से ०.८६ प्रतिशतले घट्दा सेन्सेटिभ परिसूचक भने १.७८ अंकले घटेको छ । यसरी घटेको सेन्सेटिभ परिसूचक ४४९.६८ विन्दुमा गएर रोकिएको छ ।

नेप्सेका अनुसार आज जम्मा २११ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर खरिदबिक्री भएकोमा ५ अर्ब ५४ लाख ६६ हजार ४८० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ वटा उपसमूहको कारोबार भएको छ । यीमध्ये २ वटामा हरियो लागेको छ भने बाँकी रहेका ११ वटामा रातो लागेको छ । अर्थात उनीहरुको शेयर घटेको छ । आज शेयर बढ्नेमा हाइड्रो र होटल समूह मात्रै रहेका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सबैभन्दा बढी ४२ करोड ७८ लाख ४० हजार रुपैया बराबरको कारोबार भएकाे छ ।