
पोखरा, २३ फागुन । पोखरा लेडी जेसीजले मल्टिच्याप्टर बैठक सञ्चालन एवं संसदीय सभा प्रणाली तालिम सम्पन्न गरेको छ ।
संसदीय प्रणाली अनुसार बैठक कसरी सञ्चालन गर्ने सम्बन्धमा आयोजित उक्त तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसीज वर्ष १९९८ अध्यक्ष दीपक शाक्य थिए ।
पोखरा जेसीज, लेखनाथ जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज, वालिङ जेसीज र गल्याङ जेसीजका पदाधिकारीहरु गरी ५४ जनाको सहभागिता रहेको उक्त तालिम उपलब्धिमूलक रहेको पोखरा लेडी जेसीजकी अध्यक्ष कमला शर्मा ((विनिता) ले बताइन् । शर्माले यस वर्षदेखि पोखरा लेडी जेसीजमा कर्पोरेट पार्टनरबाट सहकार्यको शुरुवात गरेको समेत जनाइन्।
नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाईंको प्रमुख आतिथ्यतामा भएको तालिममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दीपेन्द्र निरौला, कोषाध्यक्ष पविन्द्र भट्टराई, नेपाल जेसीज तालिम इन्स्टिच्यूट क्षेत्र ‘ख’ का संयोजक उमेश गुरुङको आतिथ्यता थियो ।
पोखरी लेडी जेसीजकी महासचिव सुमित्रा कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रममा संयोजक सकुन पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।
लेखनाथ जेसीजका अध्यक्ष नवराज पौडेलले प्रशिक्षणले सदस्यको व्यक्तित्व विकास र बैठक सञ्चालनको ज्ञान वृद्धि हुने बताए ।
पोखरा जेसीजका कानूनी सल्लाहकार देवराज शर्मा तथा गल्याङ जेसीजका हिमा न्यौपानेले मन्तव्य राखेका थिए । प्रशिक्षण नेपाल जेसीज तालिम प्रतिष्ठानको प्राविधिक सहयोगमा भएको हो ।






काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



