मिर्मिरे लघुवित्तले डाक्याे साधारण सभा, एफपीओ निष्काशन गर्ने तयारी

-



     सफल आवाज    
     फागुन २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ फागुन । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण तथा एफपीओ निष्काशनका लागि चैतको १८ गते दशौं वार्षिक साधारण सभा डाकेको छ । संस्थाले गएको आर्थिक वर्षमा भएको मुनाफाबाट लाभांश वितरण तथा एफपीओ निष्काशनको प्रस्तावलाई साधारण सभाबाट पारित गर्ने बताएको छ ।

संस्थाको साधारण सभाले ९.१९ प्रतिशत बोनश शेयर तथा करको प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गर्ने भएको छ । साधारण सभाको एजेण्डामा स्वेडा लघुवित्त वित्तीय संस्थाको प्राप्तिपछि शेयरको बन्दोबस्ति मिलानका लागि एफपीओ जारी गर्ने प्रस्तावलाई पनि पारित गर्ने भएकाे छ ।

यस्तै अन्य उपयुक्त लागेका वित्तीय संस्थासंगको मर्जर वा एक्विजिशनको कार्य गर्नका लागि संचालक समितिलाई अख्तियार दिने प्रस्ताव पारित गर्ने भएको छ । साथै संस्थाको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने जिम्मेवारी पनि संचालक समितिलाई दिने प्रस्तावलाई पारित गरिने भएको छ ।

मिर्मिरे लघुवित्तको साधारण सभा प्रयोजनका लागि चैतको ८ गतेबाट चैत को १८ गतेसम्म बुकक्लोज गरिने भएको छ । साधारण सभामा चैतको ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करोबार गरेका शेयरधनीहरुले मात्रै सहभागिता जनाउन सक्ने र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको दशौं साधारण सभा चैतको १८ गते काभ्रेको बनेपास्थित पञ्चकन्या व्यांकेटमा पूर्वान्ह ११ वजे बोलाईएको छ ।