नेपाल हाइड्रोले ३ आर्थिक वर्षकाे साधारण सभा एकैदिन गर्ने

-



     सफल आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ फागुन । नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तीनवटा वार्षिक साधारण सभा एकैदिन चैत्र १७ मा डाकिएको छ ।

कम्पनीको संचालक समितिको बैठकले अनलाइनमार्फत आर्थिक वर्ष २०७४/२०७५, २०७५/२०७६ तथा २०७६/२०७७ को वार्षिक साधारण सभा एकैदिन डाकेको हो ।

साधारण सभाका एजेण्डाहरुमा तीनवटै आर्थिक वर्षको आर्थिक विवरण, वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन, तीनवटै आर्थिक वर्षको वित्तिय विवरण पारित गर्ने लगायतका रहेका छन् । यस्तै कम्पनीको आर्थिक वर्ष २०७५/२०७६ र २०७६/२०७७ को लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक तोक्ने लगायतका विषय रहेका छन् ।

साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमाडौैंमा चैत्र १७ गते दिउँसो ३ बजे डाकिएको छ ।