
काठमाडौं, २५ फागुन । मुलुकको तरल राजनीतिक अवस्था संगसंगै पछिल्ला दिनहरुमा ओरालो लागिरहेको शेयर बजारमा आज पनि त्यसको नकारात्मक प्रभाव देखिएको छ ।
साताको तेश्रो दिन मंगलबार आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक तथा कारोबार दुवैमा गिरावट भएको छ ।
नेप्से परिसूचक आज २३.२२ अंकले घटेर २४६१.८८ विन्दुमा रोकिएको छ । नेप्से ०.९३ प्रतिशतले घटेको हाे । सेन्सेटिभ इण्डेक्स ४.४७ अंकले घटेर ४४५.२१ अंकमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१० कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज होटल र पर्यटन, हाइड्रोपावर तथा म्युचुअल फण्ड तीनवटा उपसमूहमा हरियाली छाउँदा बाँकी १० वटा उपसमूह भने राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।
आजको कारोबारलाई हेर्दा शिखर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६५ करोड ३५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । संयोगले आजै शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन पनि हो ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



