महिलाहरू आयआर्जनसँग जोडिनु पर्छ-उपसभामुख शर्मा

-



     सफल आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित


तस्विरःहरि वास्ताेला


पाेखरा, २५ फागुन । गण्डकी प्रदेशका उपसभामुख श्रृजना शर्माले महिलाहरू संविधान प्रदत्त हक अधिकारको उपयोग गर्दै आयआर्जनतर्फ लाग्नुपर्ने बताएकी छन् ।

१११ औं अन्तरािष्ट्रय नारी दिवसको अवसरमा मस्र्याङदी गाउँपालिका एवम् महिला सञ्जालद्वारा संयुक्त रुपमा आयोजित अन्तरकृया कार्यक्रममा उनले सशक्तिकरण कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिइन ।

राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण आवश्यक रहेको बताउँदै उपसभामुख शर्माले मुलुकबाट सबै खाले हिंसा र गरिबीपनको अन्त्यका लागि उत्पादनसँग जोडिनुको विकल्प नरहेको बताइन ।

गण्डकी प्रदेश सभाले हालसम्म ४६ वटा कानून निर्माण गरेको जानकारी दिँदै उनले कानूनको कार्यान्वयनका साथै आयआर्जनका लागि प्रदेश सरकार जिम्मेवार बन्दै आएको धारणा राखिन ।संवैधानिक अधिकार प्राप्त भएपनि महिलाहरू राजनीतिक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै उपसभामुख शर्माले क्षमता अभिवृद्धिका साथै समय सापेक्ष नेतृत्व विकास गर्नुपर्ने आवश्यकता रहेकाे बताइन ।

मर्स्याङयादी गाउँपालिकाका अध्यक्ष अर्जुुन गुरुङले महिला सशक्तिकरणका लागि गाउँपालिकाले जोड दिंँदै आएको बताउँदै प्राप्त अवसरलाई भरपुर उपयोग गर्नुपर्नेमा जोड दिइन ।

गाउँपालिकास्तरीय महिला सञ्जालका अध्यक्ष राममाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्मा, वेशिसहर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रवित्रा रानामगर, नेकपाका धनसिंङ तामाङ, नेकाका कृष्णबहादुर गुरुङ, हिरादेवी घले लगायतले मुलुकको समृद्धिका लागि महिलाको भूमिकामाथि प्रकाश पारेका थिए ।

‘नारी पुरुष सरावरी सधैभरी बरावरी, लैङिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नारा लेखिएका प्लेकार्ड सहितको गाउँपालिकाका छुट्टछुट्टै स्थानबाट निस्केको महिला र्याली भुलभुलेस्थित सभा हलमा सभामा परिणत भएको थियो ।