
काठमाडौं, २६ फागुन । ज्योती लाइफ इन्स्योरेन्सको आइपीओमा शेयर लगानीकर्ताहरुको चाप बढीरहेको छ । आइपीओमा आवेदन दिनका लागि आज १ दिन बाँकि रहेकोले आईपीओ भर्नेको संख्याले यसअघिको रेकर्डलाई तोड्ने संकेत देखिएको छ ।
कम्पनीको आइपीओमा मंगलबारसम्म १५ लाख ७० हजार ४१४ शेयर लगानीकर्ताले आवेदन पेश गरेका पाईएको छ । यसभन्दा अघिको रेकर्डलाई हेर्दा महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख ८० हजार लगानीकर्ताले आवेदन दिएका थिए । ज्योती लाइफको आइपीओमा आवेदन दिने समय आज एक दिन बाँकी भएकोले यो संख्या बढ्ने आँकलन गरिएको हो ।
शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १५ लाख ७० हजार ४१४ आवेदकले ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ता शेयरका लागि आवेदन पेश गरेका छन् ।
ज्योती लाइफको फागुन २१ गते ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुलाईएको थियो । सो शेयर ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि, ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषका लागि र ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
शेयर लगानीकर्ताहरुले घटीमा १० कित्तादेखि बढीमा ६६ हजार कित्तासम्मका लागि फागुन २६ गते आजसम्म आवेदन गर्नसक्ने समय र माैका पनि रहेकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



