
काठमाडौं, २६ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका ५ वटा कम्पनीहरुको आज लाभांश सुरक्षित गर्नका लागि अन्तिम दिन हो । लाभांश प्राप्त गर्नको लागि सबैको लघुवित्त, नेपाल टेलिकम, स्वालम्बन लघुवित्त, सिर्जना फाइनान्स तथा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार भएर कायम भएको हुनुपर्नेछ ।
सबैको लघुवित्त, नेपाल टेलिकम, स्वालम्बन लघुवित्तको फागुन २८ मा बुक क्लोज हुँदैछ । सिर्जना फाइनान्स तथा महिला लघुवित्त वित्तीय संस्थाको चैत्रको १ गते बुक क्लोज हुँदैछ । फागुनको २७ गते मशाशिव रात्री परेको छ । फागुन २८ गते शुक्रबार र २९ गते शनिबार परेकाले बजार बन्द हुन्छ । त्यसकारणले ५ कम्पनीका शेयरधनीले लाभांश प्राप्तिका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएको हुनुपर्नेछ ।
सबैको लघुवित्तले चैत्र १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । सभामा ११.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ ।
नेपाल टेलिकमले चैत्रको १३ गते १३ औं साधारण सभा बोलाएको छ । सभाले ४० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चैत्रको ११ गते १९ औं साधारण सभा गर्ने भएको छ । सभाबाट २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ ।
सिर्जना फाइनान्सको चैत्र १४ बोलाईएको २० औं साधारण सभाले १४.०७ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्ने भएको छ ।
महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा चैत्र १८ गते बोलाईएको छ । सभाबाट १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



