
पोखरा, २६ फागुन । कुमुदिनी होम्स्, पोखराकी दीया गुरुङलाई राष्ट्रियस्तरको ‘युथ स्पिक आउट–२०२१’ वक्तृत्वकला प्रतियोगितामा सफलता मिलेको छ।
कुमुदिनी होम्सका संस्थापक अशाेक पालिखेका अनुसार वाल अफ होप क्याम्पियनको आयोजनामा देशका २ सय विद्यालयबाट २५ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा कुमुदिनीकी दीया गुरुङले वेष्ट अफ दि वेष्ट स्पीकर अवार्ड जित्न सफल भएकी हुन् । पोखराको काजीपोखरी निवासी दिया कक्षा ८ मा पढ्छिन् । उनले नेपालमा छाउपडी प्रथा विषयबारे वक्तृत्व छानेकी थिइन्।

आयोजकले देशैभरिबाट विभिन्न विद्यालय तथा विद्यार्थीहरुले पठाएका भिडियो संकलन गरी उत्कृष्ट वक्तृत्वहरुलाई पुरस्कृत गरेको हो । निर्णायकमा मानवअधिकार अभियन्ता, अधिवक्ता, शिक्षाविद् लगायत सहभागी थिए । कुमुदिनीबाट कुल ६ जना विद्यार्थीले भाग लिएकोमा दियालाई सफलता मिलेको विद्यालय संचालक कुशल पालिखेले सफल आवाजलाई जानकारी दिए।
विद्यार्थीले सो अभियानमा भाग लिन तथ्यमा आधारित रही महिला तथा युवतीहरुमाथि हुने हिंसाका घटनाको विषयमा २ मिनेटको भिडियो बनाएका थिए । सो भिडियोमा प्रतियोगीले महिला हिंसाका घटनाहरुबारे तयार पारेको वक्तृत्व वाचन गरेका थिए।
महिला हिंसाका घटना विरुद्ध आवाज उठाएर महिलामािथ हुने सबै प्रकारका हिंसाका घटना न्यूनीकरणमा सो अभियान एक अवसर भएको आयोजकको ठहर छ।
युथ स्पिक आउट, ह्यूमन राइट्स फिल्म फोकस नेपाल तथा पालिन्चा नेपालको सहकार्यमा बाल अफ होम अभियानअन्तर्गत विद्यार्थीका लागि गरिएको एक पहलकदमी हो । सो अभियान नेपालमा गत वर्षको डिसेम्बर १० देखि २०२१ को मार्च ८ सम्म संचालन भएको थियो।
सर्वोत्कृष्ट वक्तृत्वहरुलाई राष्ट्रिय टेलिभिजनबाट समेत प्रसारण गरिने जनाइएको छ । विजेतालाई सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा पुरस्कृत गरियो ।







काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



