शिवरात्रिको दिनमा बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा भयो ?

-



     सफल आवाज    
     फागुन २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ फागुन । साताको पाँचौ दिन बिहिबार आज सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । छापावाला सुनमा ६०० रुपैयाँ तथा चाँदीमा १५ रुपैयाँले बृद्धि भएको छ ।

आज महाशिवरात्री पर्व परेको छ । प्रचलन अनुसार महाशिवरात्रीको अवशरमा शिवको पूजा आराधना गर्ने, चोखोनीति गर्ने गररहगना तथा सुकिलो वस्त्र लगाउने गरेको पाईन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आज प्रतितोला रुपैयाँ ६०० ले बृद्धि भएको छ भने ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८६ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतिातोला १५ रुपैयाँले बृद्धि भएर १ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।