आज फेरी घट्यो सूनचाँदीको मूल्य

-



     सफल आवाज    
     फागुन २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ फागुन । महाशिवरात्रिको दिन बिहिबार ६०० रुपैयाँले बृद्धि भएको छापावाला सुनको मूल्य शुक्रबार आज ६०० रुपैयाँले नै घटेको छ । यस्तै चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ३५० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २७० मा कारोबार भएको छ । बिहिबार चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ कायम भएको थियो ।