
काठमाडौं, २८ फागुन । ज्योती विकास बैंकले १ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने भएकाे छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबाेन ) संग अनुमति मागेको छ ।
बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्यकाे १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गर्नका लागि बोर्डबाट अनुमति मागेकाे हो ।
उक्त ऋणपत्र सर्वसाधारणका लागि ६० करोड बराबरको ६ लाख कित्ता बिक्री गरिने भएको छ । व्यक्तिगत तवरले ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता ऋणपत्र बिक्री गरिने भएको छ ।
लगानीकर्ताले वार्षिक ९ प्रतिशतको दरले ब्याज पाउने भएका छन् । बैंकले बिक्री गर्न लागेको ऋणपत्र १० वर्षे अवधिको लागि हो । यो २०८७ सालमा मात्रै परिपक्क हुने भएको छ ।
सेबोनबाट अनुमति पाएपछि बैंकले ऋणपत्र बिक्रीका लागि ल्याउने छ । ऋणपत्र निष्काशन र बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



