यी हुन् साताका नेप्सेमा सूचीकृत बैंक, वित्तीय र पावर कम्पनीहरु

-



     सफल आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ फागुन । नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । सिटी एक्सप्रेस फाइनान्सलाई अधिग्रहण गरेपछि उक्त शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।

अब सो शेयर डिम्याट खातामा आएपछि दोश्रो बजारमा खरिदबिक्री गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई अधिग्रहण गरेपछि माघ ११ गतेदेखि बैंकको नामबाट एकिकृत कारोबार शुरु भएको थियो ।

यो साता नेपाल इन्भेष्टमेन्ट बैंकसहित ६ वटा बैंक, एक लघुवित्त र एक जलविद्युत कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ ।


कस्को कति कित्ता सूचीकरण भयो, हेर्नुस् :

नबिल बैंक : नबिल बैंककोे ३ करोड ३८ लाख २६ हजार ६१६.२९ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

लक्ष्मी बैंक : लक्ष्मी बैंकको ८८ लाख ३१ हजार ३०३.५६ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकको ५९ लाख ४६ हजार १६९.३१ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

ज्योती विकास बैंक : ज्योती विकास बैंकको ३४ लाख ९५ हजार २९३.४४ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

एनएमबि बैंक : एनएमबि बैंकको १ करोड ८७ लाख ८२ हजार ७८.८६ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।

छिमेक लघु वित्त वित्तीय संस्था : यो साता छिमेक लघु वित्त वित्तीय संस्थाको ३३ लाख कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । र

अरुण कााबेली पावर कम्पनी : अरुण काबेली पावर कम्पनीको ८ लाख ५६ हजार ५०० कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ ।