संसदीय पत्रकार मञ्च गण्डकीमा कोइराला

-



     सफल आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित



पोखरा, २९ फागुन । संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला सर्वसम्मत् चयन भएका छन् ।

मञ्चको शनिबार सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक अधिवक्ता सुरेन्द्र थापामगरले जानकारी दिए ।

मञ्च उपाध्यक्षमा अमृत सुवेदी, सचिव रोहितराज पराजुली, कोषाध्यक्ष तारा चापागाई दुवे, सहसचिव युवराज श्रेष्ठ तथा सदस्यमा प्रकाश ढकाल, बासुदेव पौडेल, विसन क्षेत्री, उमा आलेमगर, युवराज गुरुङ (युनिस) र उमेश पुन रहेका छन् ।

मञ्चको कार्यकाल २ वर्षको हुनेछ । मञ्चमा हाल २२ सदस्य आबद्ध छन् ।