
काठमाडौं, १ चैत्र । ग्लोबल आइएमई बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र आजदेखि बिक्री खुल्ला गरिएको छ । यसमा सर्वसाधारणका लागि १२ लाख कित्ता रहेको छ । जस्मा सामुहिक लगानी कोषको ५ प्रतिशत रहेको छ । व्यक्तिगत रुपमा विभिन्न संघ, संस्थाहरुका लागि १८ लाख कित्ता बिक्री गरिने भएको छ ।
१० वर्ष अवधि तथा वार्षिक ८.५ प्रतिशत व्याजदर भएको ग्लोबर्ल आइएमई बैंक डिबेन्चर २०८६/ ०८७’ नामक ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको हो ।
बैंकको ऋणपत्र खरिदका दलागि लगानीकर्ताहरुले छिटोमा चैत्रको ४ गते तथा ढीलोमा चैत्रको १६ गतेसम्म आवेदन पेश गर्नुपर्ने छ । लगानीकर्ताले घटीमा २५ तथा बढीमा १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने भएका छन ।
ईच्छुक लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केटस, ग्लोबल आइएमई बैंक, सेबोनबाट अनुमति लिएका सि-आस्वा सदस्य रहेका बैंक र वित्तीय संस्थाहरुबाट आवेदन पेश गर्न सक्नेछन । ग्लोबल बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



