सुनको मूल्यमा सामान्य बृद्धि, चाँदी भने स्थिर

-



     सफल आवाज    
     चैत्र १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ चैत्र । साताको पहिलो दिन आईतबार आज सुनको मूल्यमा बृद्धि भएको छ । सुन ताेलामा ४०० रूपैयाँले बृद्धि भएकाे हाे भने चाँदी स्थिर रहेकाे छ ।

आज छापावाला सुन प्रतितोता ४०० रुपैयाँले बृद्धि भएर ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८६ हजार १५० रुपैयाँमा कायम भएको छ । शुक्रबार तेजाबी सुनको प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने शुक्रबारको झैं स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदी प्रतितोला १ हजार २७० मा नै कारोबार भएको थियो ।