ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

-



     सफल आवाज    
     चैत्र २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ चैत्र । ग्रीन डेभलपमेन्ट बैंकले चैत्र २८ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा बैंक संचालक समितिले प्रस्ताव गरेको ४ प्रतिशत लाभांशको प्रस्तावलाई पारित गरिनेछ ।

बैंकका अनुसार चुक्ता पूँजीको १ प्रतिशतले हुने ५० लाख रुपैयाँ बराबरको बोनश शेयर, आर्थिक वर्ष २०७६/२०७७ को वितरण योग्य मुनाफाबाट २.८० प्रतिशतले हुने १ करोड ४० लाख रुपैयाँ र कर प्रयोजनार्थ ०.२० प्रतिशतले हुने १० लाख नगदसहित ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको छ ।

साधारण सभाका लागि बैंकले चैत्र १७ गतेदेखि बुक क्लोज गर्ने बताएको छ । चैत्रको १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने तथा लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।