सोमबार सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     चैत्र २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ चैत्र । साताको दोश्रो दिन सोमबार आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्यमा भने ५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन स्थिर रहि प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला ८६ हजार १५० मा कारोबार भएको छ । आईतबार पनि तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्यमा भने आज ५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको छ ।