२५औं वर्षमा प्रवेश गर्दै पोखरा फाइनान्स

-



     सफल आवाज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित



पाेखरा, ३ चैत्र । पोखराकाे न्युराेडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड आजदेखि २४ वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेको छ ।

राष्ट्रियस्तरको यस फाइनान्सको चुक्तापुँजी ९६ करोड ३१ लाख रहेकाे छ । फाइनान्सकाे हालसम्म निक्षेप ८ अर्ब ९० करोड रुपैयाँ छ भने कर्जा लगानी ७ अर्ब रहेकाे बताइएकाे छ । फाइनान्सले २३ वटा शाखा, १ वटा एक्स्टेन्सन काउन्टर र ४ वटा एटिएमबाट ग्राहकलाइ बितिय सेवा प्रदान गरिरहेकाे प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले सफल आवाजलाई बताए ।

वार्षिकोत्सवको अवसरमा फाइनान्स परिवारले सम्पूर्ण ग्राहक, शुभेच्छुक, शुभचिन्तकहरुमा आभार प्रकट गरेकाे छ । ग्राहकहरुबाट प्राप्त साथ र सहयाेगले गर्दा फाइनान्सले आहिलेसम्म सफलता प्राप्त गरिरहेकाे प्रमुख कार्यकारी गुरुङले बताएका छन ।

फाइनान्सले ग्राहककाे थप सुबिधाका लागी छिटै नै निक्षेप र कर्जाका नयाँ प्रडक्ट ल्याउने बताइएकाे छ । साथै बजारकाे अवस्था हेरी फाइनान्सको थप शाखा बिस्तार गर्ने याेजना समेत रहेकाे प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले बताए ।