सफल मिडिया हाउसका अध्यक्ष हुमागाईंलाई पितृशोक

-



     सफल आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ चैत । सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा सफल आवाज डटकमका प्रकाशक दुर्गाप्रसाद हुमागाईंलाई पितृशोक परेको छ ।

उनका पिता इन्द्रप्रसाद हुमागाईंको ७७ वर्षको उमेरमा आफ्नै निवास काभ्रेको पनौती नगरपालिका–२, कुशादेवीमा मंगलबार साँझ करिब ६ बजेतिर निधन भएको हो ।

केही वर्षयता नसा तथा उच्च रक्तचाप रोगबाट पीडित स्व. इन्द्रप्रसाद हुमागाई सहयोगी, समाजसेवीका रुपमा परिचित थिए । उनको मंगलबार राती नै पनौतिको त्रिवेणीघाटमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।

स्व. इन्द्रप्रसाद र चन्द्रमाया हुमागाईंका ४ छोरा र ३ छोरी छन् । परिवारका कान्छा छोरा दुर्गाप्रसाद हुमागाईं लायन्सका सिनियर लिडरका रुपमा चिनिन्छन् । सफल मिडिया हाउसका अलावा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य, मुनाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

शोकको यस घडीमा सफल आवाज डटकम परिवार दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना अर्पण गर्दछ।