जापानको फुकुशिमामा भूकम्प

-



     सफल आवाज    
     चैत्र ४ गते २०७७ मा प्रकाशित



टोकियो, ४ चैत । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार उक्त भूकम्प ५.२९ बजे गएको थियो ।

भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराईमा रहेको थियो । भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।