पाैडेल भए नेपाल टेलिकमको सर्वसाधारणबाट संंचालक समितिमा जाने पहिलो व्यक्ति

-



     सफल आवाज    
     चैत्र ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ चैत । नेपाल टेलिकमको संचालकमा अम्बिकाप्रसाद पौडेल चयन भएका छन् । टेलिकमको इतिहासमा पौडेल सर्वसाधारणबाट संंचालक समितिमा जाने पहिलो व्यक्ति हुन ।

यसभन्दा अघि सर्वसाधारणबाट टेलिकमको संचालक समितिका कोहि पनि गएका थिएनन् । सर्वसाधारणबाट पौडेल नै संचालक समितिमा निर्विराेध हुने पहिलो व्यक्ति भएका हुन ।

पौडेललाई नेपाल टेलिकमको चैत्र १३ गते आयोजना हुने सााधारण सभाले अनुमोदन गर्नेछ । उनी शेयर बजारमा एक जानेमानेका लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका अध्यक्ष पनि हुन ।