नेपाल सरकारको नमूना विद्यालय छनोटमा परेको तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयका शिक्षकलाई प्रविधि तालीम प्रदान गरिएको छ । प्रविधिमा दक्ष बनाउने उद्देश्यसहित विद्यालयले शिक्षकलाई प्रविधि तालीम प्रदान गरेको हो ।
सरकारले उक्त विद्यालयलाई २४ थान कम्प्युटर, चार थान सिसिटिभी क्यामरा, इन्भर्टर, प्रोजेक्टरलगायतका सामग्री सहयोग गरेको थियो । सोही सामग्रीको प्रयोग गरेर शिक्षक शिक्षिकालाई तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।
दश दिनसम्म सञ्चालन हुने तालीममा माइक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाइन्ट, इमेल इन्टरनेट तथा मोबाइल एप सम्बन्धमा सहजीकरण गरिने विद्यालयका कम्प्युटर शिक्षक दीपक पन्तले बताए ।
नमूना विद्यालयका रुपमा छनोट भएको विद्यालयले १ एक करोड ८७ लाख ६० हजार बजेट प्राप्त गरेको छ । सोही रकमबाट योजनाका आधारमा गुरुयोजनासहित थप कार्य सञ्चालन गरी आधुनिक शिक्षा प्रदान गर्न आठ कोठे भवन निर्माण गरिएको र खेलकूद सञ्चालनका लागि दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको विद्यालयका शिक्षक वीरेन्द्र काफ्लेले जानकारी दिए ।
तालीममा व्यास नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले हरेक शिक्षक अब प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए । नगरक्षेत्रभित्रका विद्यालयको प्रविधिमा खर्च गर्न सकिने गरी नगरसभाले ३५ लाख बजेट विनियोजन गरेको रेग्मीले जानकारी दिए ।
विद्यालयका अभिभावक शिक्षक संघ अध्यक्ष सिर्जना तिवारीले आधुनिक शिक्षाका माध्यमबाट शिक्षाको गुणस्तर वृद्धिमा विद्यालय सदैव प्रतिबद्ध रहेको बताइन् । रासस








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




