सिंगटीको आज, रुरु जलविद्युतको चैत्र २० मा आइपीओ निष्काशन हुँदै

-



     सफल आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ चैत्र । सिंगटी हाइड्रो इनर्जीको सर्वसाधारणका लागि आइपीओ आज निष्काशन हुँदैछ । प्रतिकित्ता रु १०० अंकित मूल्यको २९ लाख कित्ता शेयर निष्काशन हुन लागेको हो ।

उक्त शेयर मध्ये ५८ हजार कित्ता शेयर कर्मचारी, १ लाख ४५ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ । सिंगटी हाइड्रोको शेयरमा घटीमा १० कित्ता र बढिमा २ लाख कित्तासम्म आवेदन दिन सकिने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।

यस्तै रुरु जलविद्युत आयोजनाको चैत्र २० गते ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन हुँदैछ । कम्पनीको शेयरमा २० रुपैयाँ थपेर शेयर निष्काशन गर्न लागिएको छ । अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम २० रुपैयाँ थपेर प्रतिकित्ता मूल्य १२० बनाईएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल तोकिएको छ ।