गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा नेपाल

-



     सफल आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित



पोखरा, ६ चैत । गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनीत भएका छन्।

गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश सरकारले नियुक्ति दिएको हो । यस्तै सदस्यमा तनहुँकी कल्पना लम्साललाई सिफारिस गरिएको छ । अर्को एक सदस्यको नाम सार्वजनिक गरिएको छैन ।

मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समितिले नाम सिफारिस गरेको थियो । स्याङ्जा स्थायी घर भएका विष्णुप्रसाद नेपालले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम छ ।