मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’

-



     सफल आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ चैत । मुक्तिनाथ विकास बैंक लि.ले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ ।

सो अफर अन्तर्गत चैत्र ६ देखि १३ गतेभित्र बैंकको सामान्य बचत खाता खोलेमा १ सयमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फराम वा आवेदन दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निशुल्क लिन सक्नेछन् ।
होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निुशल्ल्क डिम्याट खाता पनि बैंक खोल्न सकिनेछ । बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको जनाएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।