नेपाल इन्स्योरेन्सले बोलायो चैत २७ मा साधारण सभा, कति दिदैछ लाभांश ?

-



     सफल आवाज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ चैत । नेपाल इन्स्योरेन्सको साधारण सभा चैत २७ गते बोलाईएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलााई वितरण गर्ने भनिएको प्रस्तावित लाभांश पारित गर्ने छ ।

साधारण सभाले संचालक समितिले प्रस्ताव गरेको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । हाल कायम भएको चुक्ता पूँजीको ८ प्रतिशत बोनश तथा कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई पारित गर्ने भएको छ ।

यस्तै साधारण सभाबाट रिक्त रहेको एक संचालकको पद समेत पुर्ति गरिनेछ । संस्थापक शेयरधनी विशाल मिनरल एण्ड माइन्स प्रा.लिका विष्णु खेतानलाई बाँकी रहेको कार्यकालका लागि नियुक्त गर्ने प्रस्तावलाई पारित गरिने भएको हाे ।

कम्पनीको साधारण सभाको प्रयोजनका लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज हुने भएको छ । चैतको १६ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएका शेयरधनीशरु साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।