
काठमाडौं, ८ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ३० मिलियन डलरको बण्ड ल्याउने विषयमा बाहिर आएको समाचारका सम्बन्धमा नेपाल स्टक एक्सचेन्जलाई स्पष्टिकरण पेश गरेको छ ।
बैंकले नेप्सेलाई लेखेको स्पष्टिकरण पत्रमा ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रको एक हिस्सा भएको लेखिएको छ । बैंकले आफ्ना वार्षिक प्रतिवेदनहरु र साधारण शेयर निष्काशनको लागि तयार गरिएको विवरणपत्रमा समेत यसअघि नै खुलस्त पारिसकेको विषय हो भनेको छ ।
यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बैंकको शेयर सूचीकरण हुनु अगावै बण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम बैंकले सम्बन्धीत नियमनकारी निकायबाट लिनुपर्ने सहमति, स्वीकृतिहरु लिईसकेको जानकारी गराएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिबडाले बण्डको बारेमा भने, यसलाई अन्तिम रुप दिनका लागि चाहिने थप सहमती, स्वीकृतिहरु लिदैं यथासक्य छिटो तोकिएको ब्याजदरमा बण्ड जारी गर्ने र स्टक एक्सचेन्जमा सूचीकृत गराउने गरी बैंक अघि बढेको स्पष्ट पारेका छाैं ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



