नेप्से ६०.९९ अंकले बढ्यो, ५ अर्ब ८४ कराेड बढीकाे काराेबार

-



     सफल आवाज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ चैत । साताको पहिलो दिन आईतबार शेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा आएको सुधारले लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।

आज नेप्से ६०.९९ अंकले बढेर २५३६.०७ विन्दुमा पुगेको छ । नेप्से आज २.४६ प्रतिशतले बढेको हो । सेन्सेटिभ इण्डेक्स भने ८.५१ अंकले बृद्धि भएर ४५२.६६ विन्दुमा पुगेको छ ।

आज २०६ कम्पनीहरुको शेयर कारोबार भएको छ । १ करोड २२ लाख ७० हजार ९७३ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ८४ कराेड ५३ लाख ४ हजार ३९४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । अर्थात सबैको शेयर बढेको छ ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड तथा लगानी उपसमूह अन्तर्गतका सबैको शेयर बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेपाल बंगलादेश बैंकको शेयर कारोबार सबैभन्दा बढी भएको छ ।