मंगलबार घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

-



     सफल आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित



काठमाडौं, चैत १० । साताको तेश्रो दिन मंगलबार आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ । आज छापावाला सुनमा रुपैयाँ ३०० ले गिरावट आएको छ भने चाँदीमा १० रुपैयाँले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।